Skip to content

एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, ६० हजार कार्यकर्ता उतार्ने दाबी

काठमाडौं – नेकपा एमालेले आज संघीय राजधानी काठमाडौँमा जनप्रदर्शन गर्दै छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा हुन लागेको यो कार्यक्रमलाई पार्टीले ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ को नाम दिएको छ ।

यद्यपि, राजनीतिक वृत्तमा यसलाई एमालेको ‘शक्ति प्रदर्शन’ का रूपमा हेरिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमप्रति आक्रामक बन्दै आएको एमाले आज सडकबाटै आफ्नो शक्ति देखाउने मुडमा देखिएको छ । खासगरी संसद् विघटन र सुशीला कार्कीको नेतृत्वमा बनेको सरकार असंवैधानिक भएको निष्कर्ष निकाल्दै त्यसको विरोधस्वरूप यो जनसभा आयोजना गरिएको नेताहरूले बताएका छन् । प्रदर्शनलाई भव्य बनाउन एमालेले व्यापक तयारी गरेको छ । एमाले नेता महेश बस्नेतले आजको सभामा उपत्यका र आसपासका क्षेत्रबाट करिब ६० हजार मानिस उतार्ने दाबी गरेका छन् । प्रदर्शनलाई व्यवस्थित र अनुशासित बनाउन भन्दै पार्टीले यसअघि नै ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्