काठमाडौँ – विराटनगर किङ्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा विराटनगरले काठमान्डु गोर्खाजलाई ५ विकेटले हराएको हो ।
एनपीएल सिजन टु मा सुदूरपश्चिम रोएल्ससँगै विराटनगर किंग्स मात्र अपराजित छ । विराटनगरले पहिलो खेलमा एनपीएलकै कीर्तिमानी स्कोर बनाउँदै पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । उता उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर सुखद् सुरुवात गरेको काठमान्डुको यो लगातार दोस्रो हार हो । दोस्रो खेलमा काठमान्डु सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । काठमान्डुले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्