काठमाडौँ – रामसुन्दर बके, यो नाम आज पर्यटन क्षेत्रमै होइन, गाउँ–गाउँको समृद्धिको सपना बोकेर अगाडि बढ्ने एक दृढ चिनारीका रूपमा स्थापित भइसकेको छ। भिलेज हाइल्यान्ड रिसोर्टका अध्यक्ष मात्र भएर होइन, गाउँमा होमस्टे, घरघरमा रोजगारी र स्थानीय उत्पादनको मूल्य संवर्द्धनमार्फत् आर्थिक रुपान्तरण गर्ने अभियानका नेतृत्वकर्ता भएर उहाँ चर्चामा रहँदै आएका छन्।
बकेको मन्त्र सरल छ, “जे पाक्छ, त्यही बिक्छ।” उनको बुझाइमा गाउँको पहिचान गाउँकै उत्पादन हो, र त्यसैले स्थानीय बस्तु, स्वाद, संस्कृति र श्रमलाई पर्यटनसँग जोडेर स्थायी रोजगारी सिर्जना गर्न सकिन्छ। यही दर्शनलाई साथ लिएर उहाँ आज एक गाउँदेखि अर्को गाउँ, पहाडदेखि तराई, नदीदेखि जंगलसम्म पुगेर पर्यटनमार्फत् समुदाय सशक्तीकरणको अभियानलाई निरन्तरता दिइरहेका छन्।
उनी भन्छन्, “पर्यटन मात्रै देश विकासको मुख्य मेरुदण्ड हो।” यो वाक्य केवल उहाँका भाषणमा मात्र सीमित छैन, उहाँले खडा गरेको संरचना र कार्यशैलीमा जस्ताको तस्तै देखिन्छ। भिलेज हाइल्यान्ड रिसोर्ट जस्ता दूरदर्शी परियोजनाले उहाँको सोच र क्षमता दुवैको प्रत्यक्ष प्रमाण प्रस्तुत गर्छन्। स्थानीय उत्पादनलाई प्रोत्साहन, होमस्टेको विस्तार, र गाउँकै सम्पदालाई मूल्यांकन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने उहाँको प्रयत्न थप तीव्र बन्दै गएको छ।
जहाँ–जहाँ रामसुन्दर बके पुग्नुहुन्छ, त्यहाँ होमस्टे चलायमान बन्छन्;
जहाँ उहाँ बोल्नुहुन्छ, त्यहाँ युवा उद्यमशीलताको बाटो समात्छन्;
जहाँ उहाँको दृष्टि पर्छ, त्यहाँ गाउँको नयाँ भविष्य लेखिन थाल्छ।
देशका कुनाकाप्चा पुगेका उनले ढुङ्गामाटो र जनजीवनका कथा समेटेर देखाएको मार्गले एक दिन नेपाललाई पर्यटन–समृद्ध राष्ट्रको पहिचान दिलाउने विश्वास उनलाई नजिकबाट चिनेका सबैमा छ। साँचै भन्नुपर्दा, रामसुन्दर बके पर्यटनलाई शब्दमा होइन, कर्ममा ढाल्ने व्यक्तित्वमध्ये एक हुन्।

प्रतिक्रिया दिनुहोस्