कैलाली – गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार कैलाली र कञ्चनपुरको सिमानामा पर्ने नेपाल-भारतको गौरीफण्टा नाकाको स्थलगत निरीक्षण गर्नु भएको छ। मंगलबारबाट सुरु हुने सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीको लागि सोमबार धनगढी आइपुग्नु भएका मन्त्री अर्यालले गौरीफन्टा नाका अवलोकनसहित कैलालीकै त्रिनगर भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपालको कञ्चनपुरको डोके बोर्डर आउट पोस्टको पनि स्थलगत निरीक्षण गर्नु भई त्यहाँको समग्र स्थितिको जानकारी लिनुभएको छ। अवलोकनका क्रममा मन्त्री अर्यालले गौरीफण्टा नाकामा र अन्य अवैध नाकाबाट हुने राजश्व चुहावटका पहलकदमीलाई अझै कडाई गर्न निर्देशन दिनु भयो। नेपाली नागरिक तथा महिला दिदी बहिनीहरुको दैनिक जिविको पार्जनमा सहजीकरण हुने गरी नियमित, संगठित र व्यवसायिक रुपमा भन्सार छली गरी मालबस्तु भित्र्याउने व्यक्ति समूहलाई पहिचान गरी त्यसको निगरानी बढाउन समेत मन्त्री अर्यालले सम्बन्धित भन्सार तथा सुरक्षा निकाय प्रमुखहरुलाई निर्देशन दिनु भयो। गौरीफण्टा नाकामा मन्त्री अर्यालले भारतीय सिमा सुरक्षा बलका प्रहरी अधिकारीहरुसंग केहि बेर कुराकानी गर्नु भएको थियो। यस्तै मन्त्री अर्यालले सिमाबाट नेपाली चेलीहरुको अवैध ओसार पोसार नियन्त्रणका प्रयासबारे पनि चासो राख्नु भएको थियो। यस्तै मन्त्री अर्यालले आजै कन्चापुरको चाँदनी दोधारा-१ मा निर्माण हुन लागेको सुक्खा बा बन्दरगाहाको निरीक्षण गर्नु भएको छ । सो क्रममा मन्त्रि अर्यालले ठेकेदार कम्पनी संग र सीमा रहेका नेपाली जनतासंग बाढी र दुवानको सम्स्य्ता बारे कुराकानी गर्नु भयएको थियो।




प्रतिक्रिया दिनुहोस्