Skip to content

जेनजी अभियन्ता गुरुङसँगको भेटमा रवि लामिछानेले भने : “म माथि अन्याय भएको छ”

 

काठमाडौँ । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू राज्यको प्रतिशोधको शिकार बनेको गुनासो गरेका छन्। जेनजी अभियन्ता सुदन गुरुङ शनिबार भेट्न पुगेका बेला लामिछानेले यस्तो भावना व्यक्त गरेको गुरुङले बताएका छन्।

अभियन्ता गुरुङका अनुसार करिब एक घण्टा लामेको भेटका क्रममा लामिछानेले आफूविरुद्ध अन्यायपूर्ण व्यवहार भइरहेको भन्दै यसको प्रतिरोध गर्नुपर्ने आवश्यकता बताएका थिए। उनले रास्वपाले चलिरहेको जेनजी आन्दोलन र युवाहरूको अभियानलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएको गुरुङले बताए। गुरुङले भने, “उहाँले जेनजी आन्दोलनका माग उचित रहेको र युवाहरूको अभियानप्रति रास्वपाको स्पष्ट समर्थन रहने कुरा गर्नुभयो।” उनका अनुसार भेटमा समसामयिक राजनीतिक अवस्था र वैकल्पिक शक्तिहरूबीच एकताबारे पनि छलफल भएको थियो। रास्वपा सभापति लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले भेटका लागि आवश्यक वातावरण मिलाइदिए पनि आफू भित्र नगेकोले वार्ताको विस्तृत विवरण नजानेको बताए। उनले भने, “भेट्ने वातावरण मात्र मिलाएको हुँ, भित्र म गइनँ। भेट साढे २ बजेबाट सुरु भएको थियो।” रवि लामिछानेविरुद्धका हालका प्रक्रिया र राज्यको भूमिकाबारे उठ्दै आएका प्रश्नहरूबीच कारागारमा भएको यो भेट राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

 

प्रतिक्रिया दिनुहोस्