Skip to content

धनुषा क्षेत्र नम्बर ३ बाट विमलेन्द्र निधि एकल उम्मेदवार सिफारिस

जनकपुरधाम – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेस धनुषाले धनुषा क्षेत्र नम्बर ३ बाट विमलेन्द्र निधिको एकल नाम सिफारिस भएको छ । कांग्रेसको क्षेत्रीय कमिटीको बैठकले प्रत्यक्ष तर्फ निधिको एकल नाम सिफारिस गरेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले जानकारी दिए । उनका अनुसार समानुपातिक तर्फ प्रफुल्ल घिमिरे र ललन चौधरी र महिला तर्फ उर्मिला यादवको नाम सिफारिस भएको हो । धनुषा क्षेत्र नम्बर ३ मा २०७४ मा निधि पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्