Skip to content

महाकुलुङ आधारभूत अस्पताल सञ्चालनमा, स्वास्थ्य पहुँचमा महत्वपूर्ण उपलब्धि हुने नगर प्रमुख शेर्पाको विश्वास

सोलुखुम्बु–  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले महाकुलुङ आधारभूत अस्पताल सञ्चालनमा आएसँगै महाकुलुङ क्षेत्रले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन्। शुक्रबार नवनिर्मित अस्पताल भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर शेर्पाले अब स्वास्थ्य सेवा विस्तार र गुणस्तरमा सुधारमुखी ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

उनका अनुसार अस्पताल भवन निर्माण सम्पन्न भएपछि अब निरन्तर, प्रभावकारी र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन सबै पक्षको सहकार्य अनिवार्य छ। मेयर शेर्पाले अस्पताल स्थापनाका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता सूर्य कुलुङलाई विशेषरूपमा स्मरण गर्दै महाकुलुङको इतिहास निर्माणमा कुलुङ अग्रपंक्तिमा रहेको उल्लेख गरे। अस्पताल भवन उद्घाटनसँगै महाकुलुङ क्षेत्रका नागरिकले आधारभूत स्वास्थ्य सेवामा सहज र नियमित पहुँच पाउने अपेक्षा गरिएको स्थानीय सरकारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्