काठमाडौ – नेपाली बजारमा सुनको मूल्य दिनदिन बढेर रेकर्ड राखेको छ । आज एकैदिन ५ हजार ५ सयले बढेर सुनको मूल्य हालसम्मै उच्च भएको हो । सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ६७ हजार २ सय रुपैया कायम भएको छ । हिजो प्रतितोला २ लाख ६१ हजार ७ सयमा कारोबारा भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । आज ४ हजार २५५ रुपैयाँ कायम भएको छ भने हिजो ४ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि हालसम्मकै उच्च भएको हो ।





प्रतिक्रिया दिनुहोस्