काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसँग चिनियाँ राजदुत छन् सोङले बिदाई भेट गरेका छन् । मंगलबार शित्तल निवासमा राष्ट्रपति पौडेलसँग सोङले बिदाई भेट गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।सो अवसरमा नेपाल र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको र राष्ट्रपति पौडेलले राजदुत सोङले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद समेत व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्