Skip to content

भोलिदेखि पश्चिमी वायुको प्रभाव देखिने, काठमाडौंमा वर्षाको सम्भावना कति ?

काठमाडौँ – बुधबारदेखि नेपालको मौसम प्रणालीमा पश्चिमी वायुको प्रभाव देखिने मौसमविदले बताएका छन् । मौसमविद विनोद पोखरेलका अनुसार भोलिदेखि नेपालमा पश्चिमी वायुको प्रभाव विस्तारै देखिने छ । यसले तराइमा लागेको हुस्सु हटाउन मद्दत गर्ने उनले बताएका छन् ।

‘हुस्सु लागे पनि दिउँसो हट्ने सम्भावना छ,’ सामाजिक सञ्जालमार्फत् उनले भनेका छन् । यसपटक पश्चिमी वायुले हिमाली भेगमा मात्र वर्षा (हल्का हिमपात) गराउने सम्भावना देखिएको छ । ‘काठमाडौंलगायत पहाडी भेगमा छिटपुट मात्र वर्षाको सम्भावना देखिएको छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्