धनुषा – मधेश प्रदेशमा आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ । गत १९ मंसिरमा नियुक्त भएका मुख्यमन्त्री कृष्णप्रसाद यादवले तेस्रो पटक ६ जना मन्त्री थप गर्दे सरकार विस्तार गरेका हुन् । प्रदेश प्रमुख सुरेन्द्र लाल कर्णले मुख्यमन्त्री यादवको सिफारिसमा मनिषकुमार सुमन (श्रम तथा याताया मन्त्रालय), राजकुमार गुप्ता (भौतिक पूर्वाधार विकास मन्त्रालय), शंकरप्रसाद चौधरी (वन तथा वातावरण मन्त्रालय), श्यामप्रसाद पटेल (भूमि व्यस्था, कृषि तथा सहकारी मन्त्रालय), वसन्तकुमार कुशवाहा (खेलकुद तथा समाज कल्याण मन्त्रालय) र फकिरा महतो (गृह, सञ्चार तथा कानुन मन्त्रालय) लाई मन्त्रीमा नियुक्त गरेका हुन् ।






प्रतिक्रिया दिनुहोस्