काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ । आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा केन्द्रीय समिति बैठक बस्न लागेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठकमा केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा पार्टी समायोजन, विस्तार तथा सुदृढीकरण सम्बन्धी छलफल हुने बताइएको छ । ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपाबीच पुस १४ गते एकता भएको थियो । त्यसयता पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।





प्रतिक्रिया दिनुहोस्