Skip to content

कांग्रेसले राष्ट्रिय सभा उम्मेदवार आजै टुङ्ग्याउने

काठमाडौँ – नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरू आजै (मंगलबार)टुङ्गो लगाउने बताएको छ । पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले अहिले स्थगित भएको कार्यसम्पादन समिति बैठक आजै पुनः बसेर राष्ट्रिय सभा उम्मेदवारको टुङ्गो लगाइने जानकारी दिए । ‘आजै राति अबेरसम्म बसेर भएपनि राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार तय गर्छाैँ,’उनले भने । कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने प्रयास गरिरहेको छ । माघ ११ गते राष्ट्रियसभा निर्वाचनका १८ सिटमा हुने निर्वाचनमा दलहरूले तालमेल गर्ने प्रयास गरिरहेका छन् । दलहरूबिच तालमेलको प्रयासबारे कांग्रेसका तर्फबाट सहभागी भइरहेका नेता रमेश लेखकका अनुसार निर्वाचनमा कांग्रेस/एमालेलाई सात/सात, नेपाली कम्युनिस्ट पार्टीलाई ३ र जसपा नेपाललाई १ सिट दिने सहमति बनेको छ । तर, कुन क्लस्टरमा कुन पार्टीका उम्मेदवार उठाउने भन्ने टुङ्गिन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्