Skip to content

महामन्त्री घिमिरेले विराटनगर पुगेर भने – कांग्रेसको नियमित महाधिवेशन वैशाखमा हुँदैन

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन हुन नसक्ने बताएका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले फागुन २१ गतेको निर्वाचन र त्यसपछि हुने राजनीतिक गतिविधिका कारण आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्न नसकिने बताए । २०८३ पुस मसान्तभित्र पार्टीको नियमित महाधिवेशन गर्ने तयारी गरिने उनले बताए। उनले विशेष महाधिवेशनपछि पार्टी एकजुट भएर निर्वाचनमा अघि बढेको दाबी गर्दै दूरगामी सोचका साथ घोषणापत्र जारी हुने उल्लेख गरे । त्यस्तै घिमिरेले आगामी संसदीय दलले सर्वसम्मत रूपमा सभापति गगन थापालाई संसदीय दलको नेता चुन्ने र भाबी प्रधानमन्त्री बन्ने दाबी गरे। महामन्त्री घिमिरेले राष्ट्रिय सभा निर्वाचनका लागि पहिले नै गठबन्धन भइसकेकाले त्यसले निरन्तरता पाउने बताए । उनले फागुन २१ गते हुन लागेको निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरिने, तर निर्वाचनपछिको परिणामका आधार गठबन्धन हुनसक्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्