नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । बिहीबार प्रतितोला २० हजार पाँच सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ शुक्रबार प्रतितोला २० हजार पाँच सय रूपैयाँ नै घटेको हो । उक्त दिन सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रूपैयाँ पुगेको छ ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा सात हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार सात हजार ६५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय ४० रूपैयाँ घटेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार दुई सय सात अमेरिकी डलरमा कारोबार भइरहेको छ।





प्रतिक्रिया दिनुहोस्