Skip to content

नयाँबानेश्वरमा टिपरको ठक्करबाट मृत्यु हुने स्कुटर चालक सरकारी कर्मचारी

काठमाडौं – काठमाडौंको नयाँबानेश्वरस्थित सिभिल अस्पताल अगाडि टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति सरकारी कर्मचारी रहेको खुलेको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मृतक सुनसरीको इनरुवा नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्दै आएका ४८ वर्षीय बद्रि कोइराला हुन्। उनी नायब सुब्बा पदमा कार्यरत कर्मचारी रहेको जानकारी प्रहरीले दिएको छ।

प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी स्कुटरमा सवार कोइरालालाई आज बिहान करिब ८:४५ बजे बा. २ क ३२२९ नम्बरको फोहोर बोक्ने टिपरले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको थियो। चिकित्सकले बिहान ८:५५ बजे उनलाई मृत घोषणा गरेको एसपी भट्टराईले जानकारी दिए।

घटनापछि टिपर चालक गोर्खाको भूमिचोक स्थायी घर भई हाल काठमाडौंको पेप्सीकोला बस्दै आएका २६ वर्षीय विकाश थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्