काठमाडौँ- नेप्से परिसूचकमा आज गिरावट आएको छ । नेप्से परिसूचकमा गिरावट आएपनि लामो समयपछि कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ । आज नेप्से परिसूचक ३२ दशमलव शून्य ८ अंकले घटेको छ भने २१ अर्ब ५० करोड रुपयाँ भन्दा बढी रकम बराबरको कारोबार भएको छ । आज कारोबार भएको कम्पनी मध्ये रिलायन्स स्पिनिङ मिल्सको शेयर मुल्य १० प्रतिशतले बृद्धि भएको छ ।
सबैभन्दा धेरै हिमस्टार उर्जा कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ । हिमस्टार उर्जा कम्पनीको ६.६७ प्रतिशितले घटेको छ । आज ५२ लाख ७१ हजार भन्दा धेरै पटक विभन्न कम्पनीहरुको शेयर कारोबार भएको छ। हिजो ह्वात्तै बढेको नेप्से परिसूचका आज करेक्शन आएको हो । देशमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगे नेप्सेको कारोबार र सूचकमा उल्लेख्य वृद्धि भएको छ ।।





प्रतिक्रिया दिनुहोस्