काठमाडौँ – नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । केही दिनयता घट्दो क्रममा रहेको छापावाल सुनको मूल्य शुक्रबार पनि प्रतितोला ७ हजार ८०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ४८५ रुपैयाँ कायम छ । सुनसँगै चाँदीको मूल्यमा पनि आज ओरालो लागेको छ। बिहीबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज १ सय १५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँ पुगेको छ । महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार १९७ रुपैयाँ तोकिएको छ ।





प्रतिक्रिया दिनुहोस्