Skip to content

रितु भट्टराईको ‘बुवाकी लाडेली चेली’ डेउडा गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं । बागबजारस्थित स्टुडियो मधुमालामा तयार गरिएको नयाँ लोकगीत ‘बुवाकी लाडेली चेली’ सार्वजनिक गरिएको छ। गायिका तथा सर्जक रितु भट्टराईको शब्द, संगीत र स्वरमा तयार गीतले पारिवारिक माया र छोरीप्रतिको भावनालाई उजागर गरेको छ ।

गीतको एरेन्ज र मिक्सिङ दिपक संगम वीसीले गरेका छन् । अडियो–भिडियो निर्माण आरभ प्रोडक्सनले गरेको हो । भिडियोतर्फ निर्देशन तथा कोरियोग्राफी अमित विकले सम्हालेका छन् भने छायांकन अर्जुन तिवारी र टिमले गरेका छन् । सम्पादन र कलर पनि अमित बीकेकै रहेको छ । भिडियोमा समूह संयोजन दीपेशले गरेका छन् भने ड्रेस डिजाइन स्वयं रितु भट्टराईले गरेकी छन् । छायांकनका लागि गैडाकोट रिर्सोट सहित नवलपरासीको थारु समुदायको विशेष सहयोग रहेको निर्माण पक्षले जनाएको छ ।निर्माण टिमका अनुसार गीतले नेपाली समाजमा छोरीप्रतिको स्नेह, जिम्मेवारी र संस्कृतिको झल्को दिने प्रयास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्