Skip to content

दार्चुलामा भूकम्पको धक्का महसुस

दार्चुला – दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान ८:३२ मा दार्चुलाको मुरै केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मुरै केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । यसअघि सोमबार बिहान ३ बजेर ५१ मिनेटमा दार्चुलाको सोही ठाउँलाई केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो । सोहीदिन सुदुरपश्चिमको बझाङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । पछिल्लो समय पश्चिम नेपालमा बेला बेला भूकम्पको धक्का महसुस भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्