धनगढी – कैलालीमा बलात्कारको अभियोगमा एक युवक पक्राउ परेका छन् । जिल्लाको जानकी गाउँपालिका– ७ टिक्लीगढ बस्ने २१ वर्षीय अमन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । अमनमाथि १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ । जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले अमनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा अनुपलाई हिरासतमै राखेर थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्