काठमाडौँ – सरकारले अबदेखि सरकारी कर्मचारीहरुलाई अर्धमासिक रुपमा तलबभत्ता उपलब्ध गराउने भएको छ । गत शुक्रबार अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै यसबारे जानकारी गराएको हो । यसअघि राष्ट्रसेवक सरकारी कर्मचारीहरुको तलबभत्ताको सुविधामहिना भुक्तान भएपछि मासिक रुपमा दिइँदै आएको थियो । अर्धमासिक रुपमा भुक्तानी गर्ने परिपाटी सुरुवात गर्न नयाँ व्यवस्था लागू गरिएको मन्त्रालयका सहसचिव डा.सुमन दाहालले बताए।




प्रतिक्रिया दिनुहोस्