काठमाडौं – नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच कर्जा कारोबारसम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ । उक्त सम्झौताअनुसार राष्ट्रिय बीमा कम्पनीमा कार्यरत स्थायी कर्मचारीहरूले अब व्यक्तिगत आवश्यकताका लागि अधिकतम १५ लाख रुपैयाँसम्म विनाधितो कर्जा सुविधा पाउने भएका छन् । यो कर्जा सुविधा काठमाडौं बैंकिङ अफिस शाखा मार्फत उपलब्ध गराइनेछ। यसले कर्मचारीहरूलाई एकै स्थानबाट वित्तीय आवश्यकता पूरा गर्न सहज हुने, समय बचत हुने तथा संस्थागत सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
सम्झौतामा नेपाल बैंकका रिटेल कर्जा प्रमुख अर्जुन बहादुर कंडेल र राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक डा. सृजना पन्त ले हस्ताक्षर गरेका थिए। कार्यक्रम २०८३ वैशाख १६ गते नेपाल बैंकको प्रधान कार्यालयमा आयोजना गरिएको थियो । हाल नेपाल बैंकले देशभर २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । आधुनिक बैंकिङ प्रविधि, दक्ष जनशक्ति र ग्राहक केन्द्रित सेवाका कारण बैंक प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्