काठमाडौँ – रोल्पामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । खोज तलासका क्रममा दुर्घटनास्थलमा २० जनाको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए । उनका अनुसार रूकुम पूर्वको सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर कामी घाइते छन् । उनको बायाँ खुट्टा, निधार र बायाँ आँखामा चोट रहेको तथा अवस्था मध्यम रहेको प्रहरी निरीक्षक नेपालीले जानकारी दिए ।
बोल्ने सक्ने अवस्थाका उनको आधारभूत जलजला अस्पताल थवाङ रोल्पामा उपचार भइरहेको छ । दुर्घटनामा परेको लु १ ज ४१६७ नम्बरको जिप सिस्ने गाउँपालिका–५ टाकुराका बेदबहादुर बिकले चलाएका थिए । जिप दिउँसो करिब पौने ३ बजेतिर थवाङ गाउँपालिका–१ सल्यापबाट जिप झन्डै ८०० सय मिटरमुनि खसेको थियो । घटनास्थल जटिल भूगोल हुनुका साथै पानी परिरहेको हुँदा उद्धार कार्यमा ढिलाइ भएको रोल्पाका प्रहरी प्रमुख डिएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए । दुर्घटनामा ज्यान गुमाउनेहरू वैशाख पूर्णिमाका दिन रोल्पाको जलजलामा लाग्ने ठूलो मेलाका लागि त्यता जाँदै थिए ।





प्रतिक्रिया दिनुहोस्