काठमाडौँ – व्यवसायी शेखर गोल्छालाई प्रहरीले फेरि पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पुन: पक्राउ गरेको हो । यसअघि धितोपत्रसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गोल्छा सर्वोच्च अदालतको आदेशपछि सोमबार रिहा भएका थिए । अदालतको आदेशबाट छुटेलगत्तै उनलाई पुन: पक्राउ गरिएको हो । सीआईबीका अनुसार उनको बीमासम्बन्धी मुद्दाको अनुसन्धान चलिरहेकोले थुनामा नै राखिएको हो ।





प्रतिक्रिया दिनुहोस्