काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति नदिएपछि उनी रिहा हुने भएका छन्। मंगलबार म्याद थपका लागि अदालत उपस्थित गराइएका गोल्छालाई न्यायाधीश मोना सिंहको इजलासले थुनामै राख्नुपर्ने ठोस कारण नदेखिएको भन्दै म्याद थप गर्न अस्वीकार गरेको हो ।
यसअघि सोमबार सर्वोच्च अदालतले धितोपत्रसम्बन्धी कसुरमा उनलाई रिहा गर्न आदेश दिएको थियो। तर, रिहा भएको केही समयमै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बीमा सम्बन्धी अर्कै कसुरमा अनुसन्धान गर्न भन्दै उनलाई पुनः पक्राउ गरेको थियो। जिल्ला अदालतले मुलुकी फौजदारी कार्यविधि संहिताको प्रावधान उद्धृत गर्दै हिरासतमै राख्नुपर्ने अवस्था नरहेको ठहर गरेपछि उनी पुनः हिरासतमुक्त हुने भएका हुन् ।





प्रतिक्रिया दिनुहोस्