Skip to content

मालिकार्जुन मा.वि. तेलिगाउँबाट एसईईमा ७३% विद्यार्थी उत्तीर्ण

दार्चुला — लेकम गाउँपालिका–६ स्थित मालिकार्जुन माध्यमिक विद्यालय, तेलिगाउँले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा ७३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै उल्लेखनीय शैक्षिक सफलता हासिल गरेको छ । विद्यालयले नतिजामा निरन्तर सुधार गर्दै  उत्साहजनक उपलब्धि हासिल गरेको हो ।

विद्यालय प्रशासनका अनुसार विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पित शिक्षण शैली तथा अभिभावकको निरन्तर सहयोगका कारण विद्यालयले सकारात्मक नतिजा निकाल्न सफल भएको हो । विद्यालयले आगामी वर्ष अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्यसहित शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउने जनाएको छ ।

विशेषगरी प्रधानाध्यापक विजयराज मिश्र विद्यालयमा आएपछि पठनपाठनको वातावरण थप व्यवस्थित र अनुशासित बनेको स्थानीय अभिभावक तथा शिक्षाक्षेत्रका जानकारहरू बताउँछन् । उनको नेतृत्वमा विद्यालयमा नियमित कक्षा सञ्चालन, अतिरिक्त शैक्षिक गतिविधि, विद्यार्थीमाथिको निगरानी तथा शिक्षक–अभिभावक समन्वय प्रभावकारी बनेपछि वर्षेनी SEE नतिजामा सुधार देखिन थालेको हो । स्थानीयवासीका अनुसार मालिकार्जुन माविले ग्रामीण क्षेत्रमा रहेर पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यस वर्षको नतिजाले विद्यालयप्रति विद्यार्थी र अभिभावकको विश्वास अझ बलियो बनेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्