काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को सोमबार बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लाई पार्टी सदस्यता दिने निर्णय गरेको छ । भण्डारी सक्रिय राजनीतिमा फर्किने संकेत दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली सँग दूरी बढेको थियो । एमालेले ‘सदस्यता नवीकरण’ नभनी ‘सदस्यता दिने’ शब्द प्रयोग गरेपछि यसको राजनीतिक अर्थबारे चर्चा सुरु भएको छ । राजनीतिक विश्लेषकहरूले यो निर्णयलाई एमालेभित्रको शक्ति सन्तुलन, नेतृत्व हस्तान्तरण र सम्भावित वाम एकतासँग जोडेर हेरेका छन् । केहीले ओली पार्टीभित्र दबाबमा परेपछि भण्डारीलाई पुनः अघि सारिएको बताएका छन् भने केहीले यसलाई वाम एकताको तयारीका रूपमा व्याख्या गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्