Skip to content

प्रधानन्यायाधीश सिफारिसविरुद्ध परेका उजुरीमाथि आजदेखि संसदीय सुनुवाइ

काठमाडौं – प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्मा माथि संसदीय सुनुवाइ प्रक्रिया आजबाट सुरु हुँदैछ । त्यसका लागि बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ । विधायन व्यवस्थापन समितिको सभाकक्षमा बस्ने बैठकमा डा. शर्माविरुद्ध परेका उजुरी खोल्ने तथा सुनुवाइसम्बन्धी कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको समितिकी उपसचिव सावित्रा शर्माले जानकारी दिइन् । स्रोतका अनुसार उनीमाथि सात वटा उजुरी दर्ता भएका छन् ।

गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डा. शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्