काठमाडौँ – नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा शर्मालाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । संसदीय सुनुवाइ समितिले आजै शर्माको नाम सर्वसम्मत अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गरेका थिए । शर्माले आजै पदभार ग्रहण गर्ने तयारी छ । शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च तहका सरकारी अधिकारीहरूको उपस्थिति थियो । नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्