ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जनले विकास निर्माणका काममा गुणस्तर र दिगोपनामा कुनै सम्झौता नगर्ने बताएकी छन् । बुधबार महालक्ष्मी नगरपालिकाभित्र सञ्चालन भइरहेका निर्माणाधीन योजनाको अनुगमन तथा स्थलगत निरीक्षण गर्दै उपप्रमुख महर्जनले समयमै काम सम्पन्न गर्न र निर्माणको गुणस्तर कायम राख्न सम्बन्धित पक्षलाई निर्देशन दिएकी हुन् ।
उनले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै विकास निर्माणका काममा ढिलासुस्ती र लापरबाही सह्य नहुने स्पष्ट पारिन् । “जनताको करबाट सञ्चालन हुने योजनामा पारदर्शिता, गुणस्तर र दिगोपना अनिवार्य हुनुपर्छ,” उनले भनिन् । उपप्रमुख महर्जनले नगरवासीको सुविधा, सुरक्षित पूर्वाधार र समृद्ध महालक्ष्मी निर्माणका लागि आफू निरन्तर सक्रिय र प्रतिबद्ध रहेको पनि बताइन् । जनताको सेवामा समर्पित हुँदै उनले नियमित अनुगमनमार्फत विकास निर्माणलाई प्रभावकारी बनाउने अभियानलाई अझ तीव्र बनाउने संकेत दिएकी छन् । स्थानीयवासीले पनि नगरपालिकाको सक्रिय अनुगमनले विकास निर्माणका काममा सकारात्मक प्रभाव परेको प्रतिक्रिया दिएका छन् ।





प्रतिक्रिया दिनुहोस्