काठमाडौँ – कक्षा ११ को पठन पाठन असार १ गतेबाट सुरु हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठनपाठन असार १ गतेदेखि सुरु गर्न निर्देशन दिएको हो । केन्द्रले बिहीबार सूचना जारी गर्दै शैक्षिक सत्र २०८२ अन्तर्गत माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भइसकेकाले कक्षा ११ को भर्ना प्रक्रिया र पठनपाठन निर्धारित समयमै सञ्चालन गर्न आग्रह गरेको हो ।
सूचनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार देशभरका शिक्षा विकास तथा समन्वय इकाइमार्फत विद्यालयहरूलाई असार १ गतेदेखि कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको उल्लेख छ । यस्तै, स्थानीय तहलाई आवश्यक समन्वय र सहजीकरण गर्न तथा विद्यालयलाई निर्णय कार्यान्वयन गर्न अनुरोध गरिएको छ । सरकारको यो निर्णयसँगै एसइई उत्तीर्ण विद्यार्थीहरूको नयाँ शैक्षिक सत्र समयमै सुरु हुने भएको छ ।






प्रतिक्रिया दिनुहोस्