Skip to content

एमाले सचिवालय बैठक आज बस्दै, के ओलीको राजीनामा माग्लान ?

काठमाडौं – नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिन नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ः३० बजे बस्ने बैठकले सोमबार प्रस्तुत गरिएको कार्यविभाजन प्रस्तावलाई अन्तिम रूप दिने तयारी गरिएको हो । केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारी का अनुसार अध्यक्ष ओलीले प्रस्ताव गरेको जिम्मेवारीमा आवश्यक हेरफेरबारे छलफल गरेर अन्तरपार्टी निर्देशन (अपानि) मार्फत लागू गरिनेछ ।

प्रस्तावित कार्यविभाजनअनुसार सचिव भानुभक्त ढकाल लाई संगठन विभाग, शेरबहादुर तामाङ लाई स्कुल विभाग, विशाल भट्टराई लाई जनसंगठन तथा डा. सूर्य पाठक लाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी प्रस्ताव गरिएको छ । उपाध्यक्ष र उपमहासचिवहरूलाई विभागहरूको समन्वय र अनुगमनको जिम्मेवारी दिने तयारी छ । बैठकमा ‘मिसन स्थानीय चुनाव’ केन्द्रित रणनीतिमा अधिकांश केन्द्रीय सदस्यलाई जिम्मेवारी बाँडफाँट गर्ने विषय पनि टुंग्याइने बताइएको छ । यसैबीच पार्टीभित्र पुनर्गठन र नेतृत्वबारे समेत आजको बैठकमा खुला छलफल हुने नेताहरूले बताएका छन् । सोमबार बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारी को सदस्यता खुला गर्ने निर्णय गरेको थियो । त्यसपछि पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुनर्गठनको बहस थप चर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्