Skip to content

सुदूरपश्चिमका सभापतिले भने – गगनको नेतृत्वबाट काँग्रेस अघि बढ्न सक्दैन

काठमाडौं – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायरले पार्टीको वर्तमान नेतृत्व प्रभावकारी रूपमा अघि बढ्न नसकेको बताएका छन् । कैलालीको धनगढीमा सुरु भएको ‘एकता र पुनर्जागरण’ भेलालाई सम्बोधन गर्दै उनले नेतृत्वप्रति असन्तुष्टि जनाएका हुन् ।

बलायरले सर्वोच्च अदालतको फैसलापछि नेतृत्वलाई स्वीकार गरे पनि अहिलेको शैलीबाट कांग्रेस उँभो नलाग्ने दाबी गरे । उनले देउवा नेतृत्वको दुईतिहाइ समूह अहिले पार्टीबाहिर रहेको उल्लेख गर्दै नेतृत्व परिवर्तनको आवश्यकता औंल्याए । प्रदेश समितिले आयोजना गरेको भेलालाई गुटको भेला भनेर टिप्पणी गरिएकोप्रति उनले असन्तुष्टि जनाए । यो कार्यक्रम सुरुवात मात्रै भएको भन्दै आगामी दिनमा थप सशक्त रूपमा अघि बढ्ने संकेत पनि गरे । उनले कांग्रेस संघर्ष र मेहनतबाट बनेको पार्टी भएको उल्लेख गर्दै अनुदान वा अवसरको राजनीतिबाट आफूहरू नआएको बताए । साथै, वर्तमान नेतृत्वसँग वैचारिक असहमति रहेको र त्यसको समाधान नियमित महाधिवेशनमार्फत हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्