Skip to content

डडेल्धुरामा ‘क्रियाशील पत्रकारिता पुरस्कार’ ममता भट्टलाई

डडेल्धुरा – नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले पत्रकार ममता भट्टलाई ‘क्रियाशील पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ । शाखाको १६औँ साधारण सभाको अवसरमा रेडियो अमरगढीकी स्टेशन म्यानेजर तथा राष्ट्रिय समाचार समिति डडेल्धुरा संवाददाता भट्टलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

एक दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय भट्ट महिला, बालबालिका तथा पछाडि पारिएका समुदायका मुद्दालाई निरन्तर सशक्त रूपमा उठाउँदै आएकि छिन् । सामाजिक सरोकारका विषयमा कलम चलाउँदै आएकी उनले यसअघि पनि विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरिसकेकि छिन् ।

त्यसैगरी, गोरखापत्र डडेल्धुरा संवाददाता पुष्कर भण्डारीलाई ‘खोज पत्रकारिता पुरस्कार’ प्रदान गरिएको महासंघले जनाएको छ । खोजमूलक तथा तथ्यमा आधारित पत्रकारितामार्फत योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरिएको हो । यस्तै, सिमाना न्युजका सहसम्पादक शेरबहादुर भण्डारीलाई ‘युवा सशक्त पुरस्कार’ प्रदान गरिएको छ । पत्रकारितामा युवाको सक्रियता र सिर्जनशील योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको जनाइएको छ।

साधारण सभाकै अवसरमा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका संस्थापक बाबुराम श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । पत्रकारिता क्षेत्रको संस्थागत विकास तथा जिल्लामा पत्रकारिताको आधार निर्माणमा पु¥याएको योगदानको कदर गर्दै श्रेष्ठलाई सम्मान गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्