Skip to content

प्रधानमन्त्रीले गरे ईयूमा आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग छलफल गरेका छन् । मंगलबार बिहान (ईयू) मा आबद्ध काठमाडौं र नयाँ दिल्लीका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक छलफल गरेको उनको सचिवालयले जनाएको छ ।

सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित भएको सचिवालयले बताएको छ । यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्