काठमाडौँ – नेपाली एमएमएका उदीयमान स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी क्वाटरफाइनल भिडन्तमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै उनले सेमिफाइनलमा स्थान बनाएका हुन् । ‘बझाङको बाघ’ उपनामले चिनिने ढाँटले किम्बर्टलाई दोस्रो राउण्डमै हराए। रोड टु यूएफसी जित्ने उनी पहिलो नेपाली समेत हुन् । यो प्रतियोगिता एसिया–प्रशान्त क्षेत्रका उत्कृष्ट फाइटरहरूलाई यूएफसीसम्म पुग्ने अवसर दिने महत्वपूर्ण प्लेटफर्म मानिन्छ ।
हालसम्म घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनले नेपाली एमएमएलाई नयाँ उचाइमा पुर्याउने आशा जगाएका छन् । जितपछि ढाँटले विश्वभर रहेका नेपाली समर्थकलाई धन्यवाद दिँदै आगामी खेलहरुमा पनि यस्तै प्रदर्शन गर्ने बताए। उनको जितपछि प्रतियोगितास्थलमा ‘जय नेपाल’को नारा गुञ्जिएको थियो । उनले पनि जितपछि ‘जय नेपाल’ र ‘जय हनुमान’ भनेर खुसी व्यक्त गरे ।





प्रतिक्रिया दिनुहोस्