काठमाडौं – पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएपछि गणतन्त्र दिवस २०८३ को मूल समारोहमा सहभागी हुन सकेनन् । ज्वरो आएपछि चिकित्सकले आराम गर्न सल्लाह दिएसँगै उनी निवासमै आराम गरिरहेका छन् । सैनिकमञ्च टुँडीखेलमा आयोजित विशेष समारोहमा सहभागी हुने कार्यक्रम रहे पनि स्वास्थ्य अवस्थाका कारण उनी उपस्थित नभएको उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । ‘उहाँलाई हिजोदेखि नै अस्वस्थ हुनुहुन्थ्यो । राति ज्वरो आयो । डाक्टरहरुले आराम गर्न सल्लाह दिनुभएकाले कतै जानु भएको छैन,’ आचार्यले भने । गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, सरकारी अधिकारी तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्