Skip to content

‘निलो क्रान्ति’ टिक्दैन, ‘हरित क्रान्ति’ नै अबको विकल्प : कुलमान घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले रास्वपाले अघि सारेको ‘निलो क्रान्ति’ दीर्घकालीन नहुने दाबी गर्दै नेपालको दिगो विकास र राजनीतिक स्थायित्वका लागि ‘हरित क्रान्ति’ आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सुशासन, जलविद्युत्, हरित हाइड्रोजन र हरित युरिया उत्पादनलाई हरित क्रान्तिको आधारका रूपमा प्रस्तुत गरे । घिसिङले यी विषयहरू आफ्नो पार्टीको घोषणापत्रमा पहिल्यै समेटिएको उल्लेख गर्दै सरकारको बजेटमा समेत समावेश भएकोमा स्वागत गरे । उनले उज्यालो नेपाल पार्टीले आगामी राजनीतिक अभियान हरित क्रान्ति र सुशासन केन्द्रित बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्