काठमाडौँ – कञ्चनपुरमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । भीमदत्त नगरपालिका– १८ का वडाध्यक्ष रवीन्द्रप्रसाद देवकोटामाथि हातपात गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए । उनीविरुद्ध अभद्र व्यवहारमा जाहेरी परेको र म्याद थप तयारी रहेको रावतले बताए । उनी र वडाध्यक्षबीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।




प्रतिक्रिया दिनुहोस्