काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनअन्तर्गत उपसभापति पदका लागि महिलातर्फ सांसद सोविता गौतमले उम्मेदवारी दर्ता गराएकी छन् । गौतमको उम्मेदवारीमा केन्द्रीय सदस्य प्रतिभा रावल प्रस्तावक रहेकी छन् । कानुनमन्त्रीसमेत रहेकी गौतमको प्रस्तावक भूमिमन्त्री रावल बनेकी हुन् ।रास्वपाले केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न गरिसकेको छ ।
पदाधिकारीको उम्मेदवार मनोनयनमा प्रस्तावक १ जना र समर्थक पनि १ जना भए हुने व्यवस्था छ । उपसभापतिकाे पुरुषतर्फ स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन् । खुला उपसभापति पदका लागि वाग्लेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । वाग्लेको उम्मेदवारीमा रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्य विराजभक्त श्रेष्ठ प्रस्तावक थिए ।



प्रतिक्रिया दिनुहोस्