काठमाडौं – रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । उनी यसअघि रास्वपाको सहमहामन्त्री हुन् । उनले ६७३ मत प्राप्त गरे । निर्वाचित भएलगत्तै उनले ३ दिनको महाधिवेशन व्यवस्थापकीय कमजोरीका कारण ५ दिनभन्दा बढी समय लागेको भन्दै माफी पनि मागे । त्यस्तै उनले नेपाली जनताले रास्वपालाई चुनावमा दिएको जिम्मेवारी पूरा गर्न आफू खरो रुपमा उत्रिने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्