काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनको मतपरिणामअनुसार महिलातर्फ निशा डाँगी तथा खुलातर्फ असिम शाह र हरि ढकाल विजयी भएका हुन् । निर्वाचन परिणामअनुसार असिम शाहले ४७१ मत प्राप्त गरेका छन् भने हरि ढकालले ४१० मत ल्याएर सहमहामन्त्री पदमा स्थान सुरक्षित गरेका छन् । यस्तै, महिला सहमहामन्त्री पदमा निशा डाँगी ७ सय ३७ मतसहित निर्वाचित भएकी छन् ।



प्रतिक्रिया दिनुहोस्