Skip to content

केपी ओलीलाई गोकुलको प्रश्न– पहिला फुटाएर गल्ती भो भन, आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?

वामपन्थी एकताको रटान लगाएको भन्दै एमाले नेता गोकुल बाँस्कोटाले पार्टी नेतृत्वको तिखो आलोचना गरेका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले पटक–पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त रोग चलाइएको टिप्पणीसमेत गरेका छन् । उनले वामएकताको रटानलाई नेतृत्ववाट चलाइएको आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियारको संज्ञा दिएका छन् । सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो भन्न पनि उनको आग्रह छ । उनले सोधेका छन्, ‘आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?’

आइतबार मदन जयन्तीका अवसरमा आयोजित समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका कम्युनिस्ट शीर्ष नेताहरूले वामएकता हुनुपर्ने धारणा राखेका थिए । यसमा एमाले महासचिव शंकर पोखरेलले समेत हिजै आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्