काठमाडौं – नेपाली कांग्रेसका नेता एनपी साउँदले वर्तमान युगमा नेपालको दिगो विकासका लागि केवल आन्तरिक सुशासन र व्यवस्थापन मात्रै पर्याप्त नहुने बताएका छन् । उनले बदलिँदो विश्व व्यवस्था, भूराजनीतिक सन्तुलन, कूटनीतिक प्रक्षेपण तथा प्रविधिको तीव्र विकासलाई राष्ट्रिय आवश्यकता र लक्ष्यसँग समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । साउँदले स्थायित्व र समृद्धि हासिल गर्न नेपालले विश्व परिवेशलाई बुझेर राष्ट्रिय हितअनुकूल नीति तथा रणनीति निर्माण गर्नुपर्ने धारणा राखे। उनका अनुसार विकास र समृद्धिका लागि आन्तरिक सुधारसँगै अन्तर्राष्ट्रिय परिवेशलाई समेत समान रूपमा ध्यान दिन आवश्यक छ । उनले विश्वव्यापी परिवर्तनलाई अवसरका रूपमा उपयोग गर्दै नेपालको दीर्घकालीन विकास यात्रालाई बलियो बनाउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्