काठमाडौँ – ई–पासपोर्ट भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच जना आरोपितलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आरोपितहरूलाई तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म धरौटी बुझाएर रिहा हुन सक्ने आदेश गरेको हो । अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पाँच लाख रुपैयाँ र विभागका निर्देशक सुनिलकुमार केसीलाई चार लाख रुपैयाँ धरौटीमा छाेड्न आदेश दिएको छ ।
बाँकी तीन आरोपितका हकमा पनि तीनदेखि पाँच लाख रुपैयाँसम्म धरौटी तोकिएको अदालतले जनाएको छ । अदालतले कर्मचारी सोमेश थापासँग तीन लाख रुपैयाँ, विपिन प्रसाईंसँग तीन लाख रुपैयाँ तथा ठेकेदार कम्पनीका नेपाल एजेन्ट मणिन्द्रराज मल्लसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्