Skip to content

अब कर्मचारी सरुवा निवेदन अनलाइनबाट मात्रै, मन्त्रालयले ल्यायो नयाँ सफ्टवेयर प्रणाली

काठमाडौँ – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा प्रक्रियालाई आधुनिक, प्रविधिमैत्री र पूर्वानुमानयोग्य बनाउन अनलाइन सरुवा सफ्टवेयर प्रणाली कार्यान्वयनमा ल्याएको छ। अबदेखि सरुवासम्बन्धी सम्पूर्ण कार्यहरू अनिवार्य रूपमा यसै प्रणालीमार्फत मात्र सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।

सरुवाका लागि इच्छुक कर्मचारीहरूले अनिवार्य रूपमा उक्त प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गरी अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन पेश गर्नुपर्ने छ। अनलाइन प्रणालीबाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरुवासम्बन्धी निवेदनहरू उपर कुनै कारबाही नहुने मन्त्रालयले स्पष्ट पारेको छ  ।

प्रतिक्रिया दिनुहोस्