काठमाडौँ – सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिने पुर्जी काटेको छ । पुर्जीमा सम्पत्ति शुद्धीकरण जाँचबुझका क्रममा केही बुझ्नु पर्ने भएकाले ७ दिन भित्र विभागमा आउन भनिएको छ । पूर्जी बुढानिलकण्ठमा रहेको देउवाको घरमा टाँस गरिएको छ । विभागले जयवीरका बुबासहित आमा आरजुलाइ यसअघि नै बोलाइसकेको छ । देउवा दम्पतीले विभागलाई साउन मसान्तसम्ममा आउने जानकारी गराइसकेका छन् ।




प्रतिक्रिया दिनुहोस्