काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाह प्रकरणमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका छन् । मन्त्री गुरुङले शुक्रबार प्रतिनिधिसभाको बैठकमा डीआईजी गोविन्द्र थपलियाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी गराएका हुन् । प्रतिनिधिसभाको बैठकमा गणेश नेपालीको आत्मदाह र मृत्युको घटनाको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग सांसदहरूले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्