Skip to content

दलप्रति जनताको निराशा बढ्दै जानु राम्रो संकेत होइन : रामेश्वर खनाल

काठमाडौं – पूर्वअर्थमन्त्री रामेश्वर खनालले देशमा सबै राजनीतिक दलप्रति जनताको निराशा बढ्दै जानु राम्रो संकेत नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले अहिले देखिएको अवस्था सामान्य नभएको उल्लेख गरेका छन् ।

‘जे भइरहेको छ, सबै ठीक भएको छैन । उनीहरू खराब थिए, यी पनि खराबै रहेछन्, कुनै पार्टी ठीक छैनन् भन्ने मत बढ्दै जानु कदापि राम्रो होइन,’ खनालले शनिबार लेखेका छन् ।  उनले वर्तमान परिस्थितिलाई सुधार्ने प्रमुख जिम्मेवारी सरकारको भएको उल्लेख गर्दै सत्तापक्षले जनविश्वास कायम गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका छन् । पूर्वअर्थमन्त्री खनालले केही मन्त्रीहरूको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाएका छन् । ‘स्थिति सुधार्ने प्राथमिक दायित्व सत्ताकै हो,’ उनले लेखेका छन्, ‘तर, केही मन्त्रीमा विनयशीलता फिटिक्कै देखिएन ।’

प्रतिक्रिया दिनुहोस्